१ कार्तिक २०८३, शनिबार

आत्मघाती गोलसँगै रियल फाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballलन्डन, २३ वैशाख । आत्मघाती गोलसँगै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । योसँगै उसले उपाधिका लागि शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँगको भेट पक्का गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदना सान्टियागो बर्नबाउमा भएको दोस्रो लेगका खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक पुगेको हो ।

फाइनल पुग्न रियल मड्रिडले आत्मघाती गोलको उपहार पायो । पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि बर्नबाउमा भएको खेलमा सिटीका आत्मघाती गोल नै पहिलो पटक च्याम्यिन्स लिग फुटबलको फाइनल प्रवेश गर्न बाधक सावित भयो ।

खेलको २० औं मिनेटमा म्यानचेस्ट सिटीका फर्नान्डोले आत्माघाती गोल गरेपछि सेमिफाइनलबाटै घर फर्कनु परेको छ ।

रियल मड्रिडका ग्यारेथ बेलको क्रसको बललाई नियन्त्रण गर्ने क्रममा फर्नान्डोले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

यस्तै रियल मड्रिडका रोनाल्डो,ग्यार्थ बेल र लुका मोड्रिचको प्रहार सिटीका गोल रक्षक जोय हार्टले उत्कृष्ट बचाउ गरेका थिए ।

रियल मड्रिड समग्रमा १(० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

यसअघि मंगलबार राति भएको खेलमा जर्मनीको बायर्न म्युनिखलाई हराँउदै एथ्लेटिको मड्रिड फाइनल प्रवेश गरेको थियो ।

१० पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको विजेता रियल मड्रिडले यसअघि सन् २०१४ को फाइनलमा शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो । उपाधि भिडन्त जेठ १६ गते इटालीको मिलानमा हुनेछ । – एजेन्सी