२५ कार्तिक २०८३, बुधबार

ओलीले बोलाए सत्तारुढ दलको आकस्मिक बैठक, सरकार परिवर्तनबारे छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-pm

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक आह्वान गरेका छन् ।

साँझ ६ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रम ओली सरकारलाई समर्थन गरेका दलहरुको बैठक बोलाएको प्रधानमन्त्री प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकार परिवर्तन, प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादीको निर्णय र वर्तमान सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।

यसअघि आजै विहान वर्तमान सरकार परिवर्तन गरी प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।