२५ कार्तिक २०८३, बुधबार

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा आपत्ति छैनः नेता राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasupati rana1

काठमाडौ, २२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुको समर्थन रहे पनि नरहेपनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको भन्दै पार्टीका प्रमुख तीन नेता र कार्य सम्पादनसमितिको बैठक बसेर सरकारको विषयमा ठोस निर्णय गर्ने स्पष्ट पारे ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा राणाले भुकम्पपछिको पुर्ननिर्माण र नाकाबन्दीको बेलाको आपूर्ति ब्यवस्थाको विषयमा जुद्ध समशेर र मरिचमान सिंहले गरे जति पनि काम गर्न नसकेको आरोप लगाउँदै अहिलेको सरकार मुलुकका कुनै पनि समस्या समाधानमा लचिलो नभएको आरोप लगाए ।

उनले भने, ‘पुनःनिर्माणमा यो सरकार जुद्ध समशेर भन्दा अदक्ष देखियो, पुनःनिर्माणको काम एकदमै धिमा गतिमा चलिरहेको छ । मरिचमान सिंहले १३ महिनासम्म नाकाबन्दी झेल्दा जहाजबाट तेल ल्याए तर यत्रो कालोबजारी भएन । नाकाबन्दी अत्य भएको दुई महिना वित्दा पनि अभाव जारी नै छ । यो भन्दा दयनीय सरकार अरु के हुन सक्छ ?’

राणाले मधेसको समस्या समाधान गर्न सरकार लचिलो नभएको भन्दै बार्तामा ल्याएर समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी गरे । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको थिए । मधेसमा दुई प्रदेश हुने घोषणा गरेर उनीहरुलाई बार्तामा ल्याउन सकिन्छ । तर सरकारले वास्ता गरेन ।’