काठमाडौं, २२ वैशाख । नेपालमा बुधबार नयाँ भूकम्प गएको छ ।
बुधबार विहान कालिकोट केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ । केन्द्रका अनुसार कालिकोटमा आज पहिलोपटक भूकम्प गएको हो ।
बुधबार विहान ११ बजेर १७ मिनेटमा गएको भूकम्प गतवर्षको वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्प भन्दा फरक भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि बझाङलाई केन्द्र बनाएर केही दिन अघि नयाँ भूकम्प गएको थियो ।














प्रतिक्रिया