२५ कार्तिक २०८३, बुधबार

फेरि पनि गच्छदार फोरम लोकतान्त्रिकको हुने, निर्वाचन आज हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhedarविराटनगर, २२ वैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी दर्ता आज हुँदैछ ।

विराटनगरमा सोमबारदेखि जारी प्रथम राष्ट्रिय अधिवेशनको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता आज हुने नेता योगेन्द्र चौधरीले जानकारी दिनुभयो । सदस्यहरूमा निर्विरोध नभएको अवस्थामा आजै मतदान हुने सम्भावना छ ।

पार्टीको नाम परिवर्तनको सम्बन्धमा आन्तरिक रुपमा कार्यकर्तासँग सुझाव सङ्कलन गरिएको थियो । बन्दसत्रमा चारवटा विकल्प माथि छलफल भएको छ ।

पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष विजयकुमार गच्छदारको नाम मात्र सार्वजनिक भएको र उनी निर्विरोध हुने सम्भावना प्रवल रहेको छ । पार्टीका अन्य पदहरुमा पनि निर्विरोध गर्नका लागि छलफल भइरहेको छ ।