२५ कार्तिक २०८३, बुधबार

सरकार ढाल्ने तयारीसँगै एमालेको आकस्मिक बैठक बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Netaharuकाठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेकपा (एमाले)ले सरकार परिवतर्नका विषयमा विपक्षी दल कांग्रेस र एकीकृत माओवादीबीच भएको छलफलका विषयामा परामर्श गर्ने भएको छ ।

सरकार गिराउन कांग्रेस र एमाओवादीबीच भएको कुराकानीका विषयमा छलफल गर्न एमालेले आफ्नो स्थायी समितिको बैठक बोलाएको छ । अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठकमा सरकारको विषयमा छलफल केन्द्रित हुनेछ ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकार गिराउने विषयमा भइरहेका प्रयासहरूका विषयमा छलफल हुने जानकारी दिनुभयो । ‘स्थायी समितिमा मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुनेछ’, उहाँले भन्नुभयो, ‘सरकार ढाल्ने भनेर पनि कुरा आइरहेका छन् । त्यसलाई कसरी सामना गर्ने भनेर कुराकानी हुनेछ ।’

विपक्षी दल नेपाली कांग्रेसले एमाले नेतृत्वको सरकार ढाल्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ ।

प्रधानमन्त्रीमा प्रस्ताव आएपछि दाहालले एमाले नेताहरूसँग ‘यस विषयमा तपाईहरूको धारणा के छ ?’ भनेर सोध्नुभएको थियो ।