काठमाडौं, २२ वैशाख । व्यवस्थापिका संसदको बैठक आज पुनः बस्दैछ । बैठकमा सांसदहरूले विभिन्न विषयमा धारणा राख्नेछन् ।
बिहान एघार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा सबै दललाई दलीय रुपमा बोल्न समय दिने विषयमा पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनेछ ।
सदनको बैठक आजबाट कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यव्यवस्था समितिले तय गर्नेछ ।
यो अधिवेशनमा वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम र जेठ १६ मा आर्थिक वर्ष २०७३÷७४ को बजेट ल्याउन कार्यक्रम तय भइसकेको छ ।












प्रतिक्रिया