२८ आश्विन २०८३, बुधबार

दोर्दी जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dordi-3काठमाडौं । सरकारले २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ ।

लामो समयदेखि अनुमतिको प्रतीक्षामा रहेको सो आयोजनालाई आगामी २०७३ असोज २८ गते विद्युत् उत्पादन गर्ने गरी अनुमति दिइएको हो । लिवर्टी इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको लागत तीन अर्ब ९६ करोड रहेको छ ।

लमजुङ जिल्लाको ढोडेनी र फलेनी गाविसमा आयोजनास्थल रहेको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकलगायतका विभिन्न नौ वटा बैंकले संयुक्त रुपमा दुई अर्ब ७७ करोड लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

बैंकले कुल लागतको ७० प्रतिशत र प्रवद्र्धक लिबर्टीले ३० प्रतिशत लगानी गर्नेछ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिद सम्झौता गत २०६९ असोज २ गते नै भइसकेको छ ।

आयोजनाबाट उत्पादित २२ मेगावाट मात्रै नेपाल विद्युत् प्राधिकरणले वर्षाकालमा ४ दशमलव ८० र हिउँदमा ८ दशमवल ८० प्रतियुनिट दरले खरिद गर्ने सहमति भएको छ । बाँकी रहेको तीन मेगावाटको भने खरिद सम्झौता भएको छैन ।

विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार आयोजनाबाट उत्पादित बिजुली १२ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय उदीपुर सवस्टेसनमा जोडिने छ ।

आयोजनासँगै सरकारले कुल ९१ वटा आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । यसरी प्रदान गरिएका आयोजनाबाट करिब दुई हजार ३८३ मेगावाट बिजुली उत्पादन हुनेछ ।