काठमाडौं, १९ साउन । नेपालका प्रहरीलाई सोमवार बिहानै नयाँ जिम्मेवारी थपियो । भीडभाड हटाउँने सुरक्षा दिने जस्ता जिम्मेवारी त नेपाल प्रहरीका पुरानै जिम्मेवारी हुन् ।
सोमवार विहान भने नेपाल प्रहरीलाई पसुपति क्षेत्र आसपासका साँढे हटाउँने र बाँदर खेदाउँने नयाँ जिम्मेवारी थपियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न आउँने बेलाम साँढेहरु अनावश्यक भीडभाड गर्ने भन्दै नेपाल प्रहरीलाई साँढेमाथि विशेष निगरानी गर्ने जिम्मेवारी दिइयो ।
त्यति मात्र होइन पशुपतिनाथमा दर्शन गर्न गएका दर्शनार्थीमाथि उपद्रो मच्याउने बाँदर खेदाउँने जिम्मा पनि नेपाल प्रहरीकै काँधमा आइप¥यो । मोदी विश्वकै हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शनमा आउनुअघि उहाँको यात्रा सफल बनाउन पाशुपत क्षेत्रबाट साँढे हटाउन र बाँदर लखेट्न प्रहरी विहानैदेखि तल्लिन रहे ।
आहार र भोजनका लागि पशुपति मन्दिर छिरेका साँढेलाई बाहिर लखेट्न प्रहरीलाई हम्मे परेको थियो । पछि महारगञ्जका डीएसपी सानुराम भट्टराई आफैं खटिए साँढे हटाउँन लागि पर्नुभयो ।
साँढेलाई लखेटेर गौरीघाटसम्म पुर्याउन प्रहरी खटिए पनि ती फेरि फर्किन थाले । त्यसपछि एउटा साँढेको पछाडि एक प्रहरी खटाएर पशुपतिनाथमा साँढे निषेध गरिएको थियो ।
त्यसअघि नै बाँदर विशेषज्ञसमेत लगाएर पाशुपत क्षेत्रका बाँदरलाई मृगस्थलीतिर खेदिएको थियो । बाँदरलाई विशेष अतिथिसम्म पुग्न नदिन प्रहरी खटाइएको थियो ।
री खटाइएको थियो ।













प्रतिक्रिया