२५ कार्तिक २०८३, बुधबार

वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुसको रकमसहित पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Pakrauकाठमाडौं, २१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

लेखा अधिकृत आचार्यलाई अख्तियारको टोलीले सोमबार उनकै कार्यकक्षबाट दश हजार रुपियाँसहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घुस मागेको गोप्य सूचनाका आधारमा पुगेको अख्तियार टोलीले आचार्यले विभागकै कार्यालयबाट लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

वैदेशिक रोजगार विभागका कर्मचारीले पैसा नलिएर सेवाग्राहीको काम गर्दैनन् भन्ने चौतर्फी गुनासो छ । गुनासो आइरहेका बेला अख्तियारले वैदेशिक रोजगार विभाजका लेखा अधिृकतलाई गिरफ्तार गरेको हो ।