काठमाडौं, २१ वैशाख । व्यवस्थापिका संसदको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदैछ । संसदको बैठक बिहान ११ बजेदेखि सुरू हुँदैछ ।
संसद बैठक बस्नुअघि कार्यव्यवस्था समितिको बैठक बस्नेछ । कार्यव्यवस्थाले संसद बैठकलाई कसरी चलाउने भन्ने कार्यसूची तयार पार्नेछ ।
स्रोतका अनुसार संसदको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।
यो संसद बैठकमा सरकारले आफ्नो नीति तथा कार्यक्रम पनि पेश गर्नेछ । त्यसपछि जेठ १५ गते आर्थिक वर्ष २०७३/०७४ को बजेट पनि ल्याउनेछ ।
संसदको आजको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि सहभागी हुनेछ । तराई मधेस लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता शर्वेन्द्रनाथ शुक्लाका अनुसार बैठकमा आफूहरू सहभागी भइ मधेसका मुद्दाका विषयमा जोडदार कुरा राखिनेछ ।












प्रतिक्रिया