– भोबिन्द्र शाह
बाजुरा २० बैशाख । बडीमालिका नगरपालिका बाजुराका १० सामुदायिक बनमा भीषण आगलागी भएको छ ।
सामुदायिक बनमा लागेको आगोले बनमा भएका रुखका बुट्यान, बहुमुल्य जडीबुटी का साथै जङगली बादर समेत जलेर मरेको स्थानियहरुले बताएका छन । बनमा लागेको आगो नियन्त्रणमा स्थानिय र सरोकारवाल कुनै चाँसो नदिदा लाखौ मुल्य बराबरको जडीबुटी लगाएत जङगली जनाबरको बासस्थानमा असर परेको भए पनि सम्बन्धित निकायले चासो नदिएको उपभोक्ताहरुले जानकारी दिएका छन ।
नगरपालिका भित्रका धलपुरी, भेरालमाण्डौ, कोर्ध, कैलाशपुर, जाल्पादेवी, थापाथली लगायतका १० सामुदायिक बनका २९० हेक्टरमा भीषण आगलागी भएको जिल्ला बन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख बिशाल कुमार लामाले जानकारी दिए ।
एक महिना अगाडिदेखी नगरपालिका बनमा लागेको आगो हालसम्म पनि नियन्त्रण हुन नसकेको स्थानियले बताएका छन । सामुदायिक तथा सरकारी बनमा लागेको आगे हाल सम्म पनि नियन्त्रणका लागी कुनै पनि निकायहरुले प्रयास नगरेको भुजोन्तोला खिराडा सामुदायिक बनका अध्यक्ष धनलाल पाध्यायले बताएका छन । उनका अनुसार बनमा सल्केको आगोले जडिबुटीका साथै जङगली बादरहरु समेत जलेर मरेको बताए । सामुदायीक बनमा आगो स्थानीय उपभोक्ताहरुले नै लगाएको र सो का बारेमा कसैले पनि किटानी जाहेरी नदिएको जिल्ला बन कार्यालय बाजुराले जनाएको छ ।
सामुदायीक बनमा लागेको आगो नियन्त्रणका लागी नेपाली सेना,नेपाल प्रहरी र स्थानिय उपभोक्ताको सक्रियतामा केहि बनमा आगो नियन्त्रण गरेको भए पनि कुनै बनमा अझै नियन्त्रण हुन नसकेका बडीमालिका नगरपालिका ९ का देवराज पाध्यायले बताए । बर्षमा केही नभए पनी एक परिवारले १० हजार देखी ३० हजार सम्मको जडिबुडी बेचेर घर खर्च चलाउथे अब त्यो पनी आगलागीले समाप्त भयो स्थानिय पाध्याले बताए । बन कार्यालयको नीगरानीमा नगरपालिका भित्रका बन रहेको भए पनि स्थानीयको लापर्बाहीका कारण आगजनीका घटनामा बढ्त्तोरी भएको जिल्ला बन कार्यालय बाजुराले बताएको छ ।













प्रतिक्रिया