१७ कार्तिक २०८३, मंगलबार

प्यूठानमा भीरबाट लडेर धनबहादुरको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pyuthan Districtप्यूठान, २० वैशाख । प्यूठान जिल्लामा गाडापानीस्थित भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका–१६ बस्ने ४५ वर्षीय धनबहादुर बस्नेतको आइतबार गाडपानीस्थित भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, बैतडी जिल्लाको महाकाली–७ सौगाड भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा उदयदेव–३ बस्ने ४५ वर्षीया सीता तिरुवाको आइतबार ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर २७ वर्षीया माधवी तिरुवा र १० वर्षीया बिमला तिरुवा समेत सामान्य घाइते भएका थिए ।