१७ कार्तिक २०८३, मंगलबार

पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको साथ छः राष्ट्र संघका नायब महासचिव यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jan Eliasson-Unकाठमाडौं, २० वैशाख । संयुक्त राष्ट्र संघका नायब महासचिव यान इलिएसनले पुनर्निर्माणका कामहरु सही दिशामा अघि बढेको भन्दै त्यसमा अन्तर्राष्ट्रिय समुदायको साथ रहेको रहेको बताउनु भएको छ ।

ललितपुरको बुङमतीमा स्थानीयसहित प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँगको कुराकानीमा नायव महासचिव यानले नेपालमा पुनर्निर्माणको प्रकृया योजनाबद्ध रुपमा बढेकामा आफू उत्साहित भएको र थप सहयोग गरेर अघि बढने बताउनुभयो ।

‘यति ठूलो विपत्तीले भत्काएको संरचनाहरुको पुनर्निर्माण गर्न चूनौतपूर्ण छ । त्यसलाई सम्झेर अहिले आत्तिन हुँदैन, नायब महासचिव यानले भन्नुभयो–लगातार लाग्दै गर्यौं भने सफलता प्राप्त हुन्छ । पाइला पाइला चाल्दै गएपछि बलियो र राम्रो संरचना बनाई पुनर्निर्माण सम्पन्न गर्न सकिन्छ ।’

उहाँले सरकारका साथसाथै अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्र, नागरिक समाजसँगको सहकार्य र साझेदारीमा मात्र विपद्पछिको पुनर्निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

नायव महासचिव यानले नेपालमा भइरहेको कामहरुलाई लिएर टर्कीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा आफूले कार्यपत्र पेश गर्ने जानकारी दिनुभयो । उहाँले स्वदेशी र विदेशी सीप र क्षमतालाई प्रयोग गरेर अघि बढ्न पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई सुझाव दिनु भएको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका लागि सबै आधार तयार भइसकेको भन्दै सबैको साथ र सहयोग लिएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

ललितपुरको बुङमती र खोकनाका गरी आठवटा वडामा सर्भे सम्पन्न भइसकेको जानकारी दिँदै उहाँले गुरु योजना अन्तर्गतका कार्यक्रम ल्याउन विनायक नगरपालिका र स्थानीयलाई आग्रह गर्नुभयो ।

४० दिन बुङमती र खोकनाका आठ वटा गाविसमा २ हजार ५ सय ७४ घरधुरीको सर्भेक्षण सम्पन्न भएको छ । ‘अब अनुदान पाउन योग्य घरधनीको सूची प्रकाशन गरी अनुदान सम्झौता प्रकृया अघि बढाउँछौ’-प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।