१७ कार्तिक २०८३, मंगलबार

मुटुको शल्यक्रियापछि पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra Bahadur Chandकाठमाडौँ, २० वैशाख । मुटुको शल्यक्रियापछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा केही सुधार आएको छ ।

एक सातादेखि बल्खुस्थित वयोधा अस्पतालमा उपचार गराइरहेका चन्दको केही दिन अघि मुटुको शल्यक्रिया गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका चन्द लामो समयदेखि मुटुरोग पीडित छन् । मुटुको शल्यक्रियापछि चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।

शल्यक्रियापछि चन्दले खानपिन सुरु गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका चन्दले सामान्य कुरा गर्न र झोलिलो खानेकुरा खान थालेको गिरीले जानकारी दिए ।

प्रवक्ता गिरीका अनुसार उनको स्वास्थ्यमा अहिले जस्तै सुधार हुँदै गएमा चाडै अस्पताल मुक्त गर्न सकिने छ । रासस