२५ कार्तिक २०८३, बुधबार

कांग्रेस अब चुप लागेर नबस्ने, ओली सरकारलाई अप्ठेरो पार्ने भयंकर रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting

काठमाडौं, २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा सांसदहरुले ओली सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । उनीहरुले अब प्रतिपक्षी दल कांग्रेस चुप लागेर बस्न नहुने भन्दै ओली सरकारविरुद्ध उभिनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

बैठकमा ओली सरकारले गरेका राजनीतिक नियुक्ति, भूकम्प पुनर्निर्माण प्राधिकरणबाट काम हुन नसकेको, ढिलासुस्ती भएको, न्यायधिश नियुक्तिमा राजनीतिक दलको पूर्व सांसदलाई सिफारिस गरेको, राजनीतिक र प्राविधिक नियुक्तिमा सरसल्लाह नगरिएको लगायत विषयमा सांसदहरुले जोडदारका प्रश्न उठाइरहेका छन् ।

बैठकमा सहभागी सांसद राजु खनालका अनुसार उनीहरुले जून मात्रामा इन्धन आयात भयो त्यसलाई सरकारले व्यवस्थापन गर्न नसकेको, कालोबजारीले प्रश्रय पाएको, सरकारले रोक्न नसकेकाले भ्रष्टाचारी र कालोबजारीले टाउको उठाउने मौका पाएको आरोप लगाएका छन् ।

यसका विरुद्ध अब कांग्रेसले उभिनुपर्ने, भोलीदेखि सुरु हुने संसदको बैठकमा यी मुद्दाहरु जोडदार रुपमा उठाउनुपर्ने माग नेतृत्वसँग राखेका छन् । सांसद खनालका अनुसार कांग्रेस नेतृत्व पनि अब चुप लागेर बस्नुहुँदैन् भन्ने पक्षमा छ र संसदीय दलको बैठकबाट सरकारलाई अप्ठेरो पार्ने रणनीति बनाउँदैछ ।