– श्रीकान्ता कुमार गुप्ता
बारा, २० वैशाख । मध्यपश्चिम क्षेत्रमा एक बर्षमा १ सय पचास भन्दा बढी अबैध मदिरा भटी, ५ सय ४३ थान भाडा ड्राम, ६३ हजार ७ सय भन्दा बढी लिटर कच्चापदार्थ र २५ हजार लिटर भन्दा बढी अबैध मदिरा नस्ट गरिएको छ ।
चालु बर्ष २०७२–०७३ मा १७२ वटा मदिरा भटी, ५ सय ४३ थान भाडा ड्राम, ६३ हजार ७ सय २४ लिटर कच्चा कच्चा पदार्थ, र २५ हजार ३ सय ९० लिटर अबैध मदिरा नष्ट गरेको मध्यपश्चिम क्षेत्री प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
मध्यपश्चिममा सब भन्दा बढी जिल्ला काभ्रेमा अबैध मदिरा भटी नष्ट गरिएको छ । काभ्रेमा ४४ वटा मदिरा भटी, २० लिटर कच्चा पदार्थ, र ४२ सय ८१ लिटर अबैध मदिरा नस्ट गरिएको कार्यालयका प्रमुख डीआईजी पशुपती उपाध्यले जनकारी दिनु भएको छ ।
त्यस्तै रौतहटमा ४३ वटा मदिरा भटी, १ सय ६६ थान भाडा ड्राम, ४० हजार ३ सय २०लिटर कच्चा पदार्थ, १४ सय लिटर मदिरा, धनुषामा १९ वटा मदिरा भटी, १५ थान भाडा ड्राम, १ हजार लिटर कच्चा पदार्थ, २७ सय ७९ लिटर मदिरा, र महोतरीमा १५ वटा मदिरा भटी, ८० थान भाडा ड्राम, ५१ सय ५० लिटर कच्चा पदार्थ, १८ सय ८५ लिटर अबैध मदिरा नस्ट गरिएको उपाध्यले बताए ।
त्यसैगरी मकवानपुरमा १४ वटा मदिरा भटी, २६ थान भाडा ड्राम , १७ सय २०लिटर कच्चा पदार्थ , २२ सय ६० लिटर मदिरा , पर्सामा १४ वटा मदिरा भटी, ३९ थान भाडा ड्राम, ५४ सय ३० लिटर कच्चा पदार्थ ,१६ सय ५४ लिटर मदिरा , बारामा ४ वटा मदिरा भटी, ९ थान भाडा ड्राम , १२०० कच्चापदार्थ ,१ हजार २५ लिटर अबैध मदिरा नस्ट गरिएको छ ।
त्यसरी रामेछापमा ४ सय ३५ लिटर मदिरा,सिन्दुलिमा ४०० लिटर मदिरा , चितवनमा १ सय १९ ,थान भाडा ड्राम, २३ सय ६५ लिटर कच्चा पदार्थ , ६ हजार ८० लिटर मदिरा , सिपाहामा ११सय लिटर कच्चा पदार्थ , २३ सय ४५ लिटर मदिरा , र दोलखामा १सय ५० लिटर कच्चा पदार्थ , ३ सय २० लिटर अबैध मदिरा नस्ट गरिएको कार्यालयको तथ्यांकमा उलेख गरिएको छ ।













प्रतिक्रिया