२५ कार्तिक २०८३, बुधबार

अग्निपीडितका पक्षमा सरकारको ठूलो निर्णय, पीडितले राहत पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-talkingकाठमाडौं, २० वैशाख । मुलुकभरि सुख्खा र गर्मीका कारण आगलागीका घटना बढीरहेका बेला सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलाई प्रतिपरिवार दुई बन्डल जस्तापाता दिने निर्णय गरेको हो । राहत जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराइनेछ ।

राहत गत मंसिर मसान्तयता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरूले मात्रै पाउनेछन् ।