१७ कार्तिक २०८३, मंगलबार

पानी अभावमा शौचका लागि जंगलको बास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jungal Toilet– हेमन्त पौडेल

धनगढी, २० वैशाख । पानी अभावले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको कैलालीको साविकको श्रीपुर गाविसअन्तर्गत रहेको हरिनगरका बासिन्दालाई शौच गर्न समेत समस्या भएको छ ।

पानी अभावमा शौचालय समेत प्रयोग गर्न नपाएपछि हरिनगरबासी शौच गर्न जंगलतिर जान बाध्य हुन थालेका छन् । यद्यपि साविकको गाविसलाई चार वर्षअघि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो । अहिल श्रीपुर गाविस अत्तरिया नगरपालिका गाभिएको छ ।

तामझामका साथ खुल्ला दिशामुक्त गरिएकोे नगरपालिकाका वडा नम्बर ३ देखि ७ सम्मका वडाहरुका शौचालय पानीको अभावमा प्रयोगबिहीन भएका छन् ।

कैलालीलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको छ । जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीले अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

जिल्लाका ३१ वटा गाविसमध्ये १६ वटा गाविस एक नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषाणा भइसकेका छन । केही नगरपालिका र गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने क्रममा रहेका छन् । अत्तरिया गाविसको हरिनगरमा भने पानीको अभावमा शौचालय प्रयोगहिन बन्दै गएका छन् ।