काभ्रे, १९ वैशाख । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भ्रष्टाचारको अन्त्य गर्न आम युवाहरु सचेत भएर लाग्नुपर्ने बताउनुभएको छ ।
युवा संघ काभ्रेको पाँचखाल नगरको पहिलो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पहारीले गिरिजाप्रसादका ‘सन्तान’ खुम बहादुर खड्का र गोबिन्दराज जोशी जस्ता व्यक्तिहरुले देशलाई डुबाएको आरोप लगाउनुभयो । देश शेष नागको टाउकोमा होइन युवाहरुको काधमा रहेको पहारीको भनाई छ ।
उग्र बामपन्थी र उग्र दक्षिणपन्थी चिन्तन मुलुकको लागि घातक रहेको बताउँदै पहारीले नेपालमा सबै परिवर्तनको नेतृत्व युवाहरुले गरेकाले अब पनि त्यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
पछिल्लो समय नेपालको संविधानप्रति भारतीय दृष्टिकोण एक सार्वभौम मुलुकलाई कहिल्यै मान्य नहुने भन्दै प्रधानमन्त्रीले भारतीय घमण्डको अगाडी ठाडो शिरले लिएको अदानले देशको उचाइ बढाएको धारणा राख्नुभयो ।
नेपाली काग्रेससँग हिम्मत भए संसदमा बहुमत पुर्याएर सरकार परिवर्तन गरी देखाउन चुनौति दिँदै अध्यक्ष पहारीले सरकारको बिरुद्धमा बिदेशीको बुइ चढेर नेपाली जनतालाई दुःख दिनखोजे युवाहरु चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
कर्मचारी र अख्तियारले नै भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै त्यसकाविरुद्ध अब युवाहरु एकजुट भएर संघर्ष गर्ने उहाँको भनाई छ ।













प्रतिक्रिया