– शम्भू माली
कपिलवस्तु, १९ बैशाख । जिल्लाको तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिले आगलागी पिडितलाई घर बनाउन कार्यका लागी सहुलियतमा दाउरा बितरण कार्य शुरु गरेको छ ।
आईतबार कपिलवस्तुको कजरहवा ४ कजरहवा र ९ सिंग्राहाका ५० आगलागी पिडित परिवारलाई समितीले ९० प्रतिशत सहुलियतमा घर बनाउनका लागी आवश्यक पर्ने खाबो, बलो र कोरा दाउरा उपलब्ध गराएको छ । आगलागीका कारण घर नहुदाँ बासको समस्या झेल्दै आएका अग्नी पिडतले समितीले सहुलियतमा दाउरा दिदा आफुहरुलाई घरबास बनाउन सजिलो भएको बताए ।
जिल्लाको १ नगरपालिका र २३ गाबिसका उपभोक्ताका लागी सञ्चालन गरिएको साझेदारी वन भए पनि आफुहरुले जिल्लाकै ठुलो बिपतको रुपमा रहेको आगलागीका कारण पिडित बनेका जिल्ला भरकै आगलागी पिडितलाई सहुलियतमा दाउरा बितरण कार्य शुरु गरेको साझेदारी वन व्यवस्थापन समितीका संयोजक जय प्रकाश पाण्डेले बताए ।
यसबाट आगलागीका कारण जिल्लाका ५ सय घर जलेकोमा २ सय बढि पुर्ण रुपमा क्षति भएकाले आफुहरुले बिपद व्यवस्थापनका सहयोग पुर्याउने उद्धेश्यका साथ सहुलियतमा दाउरा बितरण शुरु गरेको उनले जानकारी दिए ।













प्रतिक्रिया