१७ कार्तिक २०८३, मंगलबार

एमालेले आगलागी क्षेत्रमा ४ सय स्वयंसेवक परिचालन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ago-gulmi

– अनिल खत्री
गुल्मी, १९ वैशाख । नेकपा एमालेले आगो नियन्त्रणका लागि चार सय स्वयं सेवक खटाउने भएको छ ।

गुल्मीको वडागाँउमा गाविसको वडा नं. १ र २ दजाकोट र माजगाउँ भन्ने स्थानमा सिङ्गो गाउँमा शनिवार बिहान लागेको आगोलागीबाट खुल्ला आकाशमुनी वसेका आगोलागी पिडितलाई नेकपा एमाले केन्द्रिय सचिव एबं संसद गोकर्णराज बिष्टले आगोलागी पिडितको अस्थाई टहरा निर्माण गर्न नेकपा एमालेको अगुवाईमा ४ सय जना स्वयं सेवक परिचालन गर्ने घोषणा गर्नुभयो ।

आगोलागी प्रभावित क्षेत्र दजाकोट र माझगाउँमा पुगी संसद बिष्टले नेकपा एमाले गुल्मीको नेतृत्वमा तत्कालै ४ सय जना स्वयसेवक परिचालन गर्न निर्देशन दिनुभयो । प्रभावित क्षेत्रमा टहरा निर्माण गर्न नेकपा एमाले गुल्मी, अनेरास्ववियु गुल्मी र युवा संघ गुल्मीले तयारी गरेको बताइएको छ ।

आगोलागी प्रभावित क्षेत्र वडागाउँको दजाकोट र माजगाउँमा पुगेर आगोलागी पिडितलाई भेटेर नेता बिष्टले प्रति परिवारको घर निर्माण गर्न ४ वन्डल जस्ता पाता र तत्काल खाना पकाएर खाने तथा पाकाउँने भाडाहरु सहयोग गर्ने बताउनु भएको छ । उहाँको सहयोगमा आउँने ७० परिवारलाई जस्ता पाता एक हप्ता भित्र प्रभावित क्षेत्रमा आउँने बताउनु भयो । एमालेबाट परिचालन हुँने ४ सय जना स्वयमसेवकले एक हप्ता भित्र बस्न मिल्ने अस्थाई टहरा निर्माण हुने नेता बिष्टको भनाई छ ।

संसद बिष्टले सहयोग गर्नु भएको खाना पकाउने र खाने भाडा आइतवार नै ७० घर परिवारलाई बितरण गर्न एक टोली घटना स्थलतर्फ लागेका छन् । नेता बिष्टले दैबिक प्रकोले पु¥याएको क्षती प्रति दुख व्यक्त गर्दै बिपत्तीको यो घडिमा सबैले धैर्यता पूर्वक सामान गर्न आग्रह गर्नु भयो । उहाँले राज्यबाट आउँने राहतलाई समान रुपले तरिकारले पिडितलाई समान रुपमा बितरण गर्न निर्देसन गर्नु भयो ।

आगोलागीबाट भएको क्षती

आगोलागीबाट दजाकोट र माजगाउँका करिव ७० भन्दा वढी घर जलेर नष्ट भएको छ । सोहि ठाउँमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडागाउँ वडा नं. १ निवासी ६५ वर्षका मेहरसिंह राकसकोटी रहेका छन् । उनको आगो निभाउँने क्रममा जलेर घटना स्थलमै मृत्यु भएको बताइएको छ । शनिवार लागेको आगोबाट जलेका घरहरुको क्षती र डाटा संकलन गर्न जिल्लाबाट सरकारी टोली केहि राहत सामाग्री सहित घटना स्थल तर्फ लागेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले जानकारी दिँए । हाल सम्म ७१ घरको डाटा संकलन गरेता पनि ८० भन्दा वढी घर जलेको स्थानिय वासीको भनाई छ । आगलागीबाट दर्जनौ बस्तु चौपायहरु मरेको बताईएको छ ।