१७ कार्तिक २०८३, मंगलबार

गैरावारीमा सामुदायिक भवनको शिल्यानास, आर्थिक सहयोग आउने क्रम जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-school-opening

– गौरव त्रिपाठी
पोखरा १९ वैशाख । विदेश गएका युवाहरुले फेसवुक वाट रकम संकलन गरी कास्कीकोट नौ गैरावारीमा एक कार्यक्रमका विच सभासद डिल वहादुर नेपालीले सामुदायिक भवनको शिल्यानास गर्नु भएको छ ।

सामाजीक संजालको प्रयोग गरी गाउँमा कार्यक्रमहरु गर्न सजिलो वनाउने अभियान सहित सामुदायीक भवनको शिल्यान गरीएको हो । सभासद नेपालीले आगामी आर्थीक वर्षको संसद विकास कोषवाट एक लाख एक हजार एक रुपयाँ दिने घोषणासमेत गर्नु भएको छ ।

शिल्यानास कार्यक्रममा समाजसेवी वेधनीधी शर्माले अभियानको सफलताको कामना व्यक्त गर्दे सैतीस हजार दुई सय रुपयाँ प्रदान गर्नु भयो । गाँउमा निमार्ण हुन लागेको सामुदायिक भवनले आगामी दिनमा तालीम वैठक र सेमीनार संचालन गर्न सजिलो हुने मा गाउँलेहरु विश्वस्त छन् । नयाँ शक्ति नेपालका केन्दीय सदस्य देवी सुवेदीले पन्ध्र हजार स्थानीय आमा समुहले दश हजार आर्थीक सहयोग गरेका छन् ।शिल्यानास सगै गाँमा परिवर्तन नेपाल सगँको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिवीर समेत संचाल गरीएको थियो । शिवीरमा एकसय छ जनाको मधुमेह, रक्तचाप लगायत रोगहरुको परिक्षण तथा उपचार गरीएको परिर्वतन नेपालका अध्यक्ष डा डीके श्रेष्ठले जानकारी दिनु भयो । जग्गादाता गणेश वहादुर वस्नेत र सानो चिन वहादुर वस्नेतलाई प्रमाण पत्र तथा दोसल्लाद्धारा सम्मान गरीएको थियो ।

स्थानीयको वाक्लो उपस्थीती रहेको कार्यक्रममा जेष्ठ नागरी कुवीर प्रसाद सुवेदी तथा हर्कु थापालाई दोषल्ला ओढाएर सम्मान गरीएको थियो । समाज मा हुने यस्ता क्रियाकलापले अन्य समाजमा पनि उदारणीय प्रस्तुत गरेको सहभागीहरुले वताएका छन् । कार्यक्रम गैरावारी चौतारो निमार्ण समितीका अध्यक्ष हिक्मत वहादुर वस्नेतको अध्यक्षतामा समपन्न कार्यक्रमको संचालन शेषराज तिमिल्सीनाले गरेका थिए ।

भवन निर्माण गर्न करीव पचिस लाख लाग्ने र सहयोग आउने क्रम जारी रहेको निमार्ण संयोजक मिन वस्नेतले वताउनु भयो । वेदहरी तिमिल्सीना, डिल्लीराम भटराई, खेमनाथ तिमिल्सीना, भरत अधिकारी, अगिन्धर त्रिपाठी, भिम सुवेदी, देवी सुवेदी लगायतले सामाजीक कार्यमा युवाहरुले विदेशवाट सुरु गरेको अभियानको प्रशंसा गरेका थिए । यस अघि गैरावारीमा रहेको चौतारो को पुर्न निमार्ण समेत गरीसकिएको छ ।