२८ आश्विन २०८३, बुधबार

दुईसय छब्बीसमा एचआइभी सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aidsबागलुङ । बागलुङमा हालसम्म २२६ जना एचआइभी सङ्क्रमितको पहिचान भएको छ ।

गत आर्थिक वर्षभित्रमा जिल्लामा पहिचान भएका र उपचारमा रहेका गरी जम्मा २२६ जनामा एचआइभीको सङ्क्रमण देखिएको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।

एचआइभी भएकामध्ये ९९ पुरुष र ९७ महिला रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै १६ वर्षमुनिका सङ्क्रमित बालबालिको सङ्ख्या ३० रहेको छ । जसमा २० बालक र १० बालिका रहेको समितिका संयोजक प्रदीप जिसीले बताए ।

हाल १०८ जनाले धौलागिरि अञ्चल अस्पतालबाट नियमित एआरभीको औषधि लिइरहेका छन् । तीमध्ये ५० पुरुष, ५२ महिला, पाँच बालक र एक बालिका रहेकी धौलागिरि अञ्चल अस्पताल एचआइभी विभागले जनाएको छ ।

विभिन्न जिल्लाबाट बागलुङमा आई अस्थायी रुपमा बसोबास गर्नेको समेत सङ्ख्या जोडेर कुल २२६ जना रहेको र तीमध्ये बागलुङ जिल्ला स्थायी घर भएका करिब १२१ जना रहेको जिसीले बताए ।

धौलागिरि अञ्चल अस्पतालले २०६४ सालदेखि सुरु गरेको एआरभी उपचार सेवाबाट धौलागिरि क्षेत्रका सङ्क्रमितले ठूलो राहत पाएको उनले बताए । उपचारका लागि धौलागिरि अञ्चलमा आएर नाम दर्ता गराउने र औषधि उपचार सेवा लिने बाहिरी जिल्लाका पनि रहेका छन् ।

काठमाडौं, विराटनगर, पोखरालगायतका ठूला सहरबाट आएका सङ्क्रमितले उपचार लिइरहेको छ । अञ्चल अस्पतालले पछिल्लो समयमा जिल्लामै सिडिफोर जाँच गर्ने प्रविधि भित्राएपछि उक्त जाँचका लागि सङ्क्रमित पोखरा जानुपर्ने बाध्यता पनि टरेको छ ।

‘सङ्क्रमित व्यक्तिहरुले हरेक छ महिनामा आफ्नो शरीरको रोगविरुद्ध लड्ने क्षमताको कस्तो छ भनेर सिडिफोर जाँच गराउनुपर्छ’, जिसीले भने ।

अस्पतालले विभिन्न चरणमा गरिने एचआइभी सङ्क्रमितको उपचारलाई व्यवस्थित बनाउन अस्पतालमा बेग्लै विभाग पनि स्थापना गरेको छ । एचआइभी सङ्क्रमित व्यक्तिको स्वस्थ जीवनयापनमा टेवा पु¥याउन उपचार, हेरचार, रेखदेख र पुनः स्थापनाजस्ता कार्यक्रम अस्पतालले सञ्चालन गरेको एचआइभी विभागका प्रमुख ऋषिराम शर्माले बताए ।

हाल धौलागिरि अञ्चल अस्पताल, हरिचौर भिसिटी सेन्टर र कुश्मिसेरा भिसिटी सेन्टरमा एचआइभी रक्तपरीक्षण तथा स्वेच्छिक परामर्श सेवा उपलब्ध गराइँदै आएको छ ।