काठमाडौं, १९ वैशाख । अमेरिका जानका लागि यसवर्ष इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी) भरेका नेपालीको लागि प्रतिक्षाको घडी लगभग सकिएको छ ।
किनकि यसको नतिजा मंगलबार सार्वजनिक हुँदैछ । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाले छनोट भए नभएको थाहा पाउन सक्ने बताएको छ ।
अमेरिकाले दिने इडिभीका लागि १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो । २०१७ का लागि झण्डै ५० हजारले डिभी भरेको अनुमान छ ।












प्रतिक्रिया