काठमाडौं, १९ वैशाख । नेकपा एमाले केन्द्रिय कमिटीबाट लामो समयपछि बिभागहरूले पूर्णता पाएसँगै काभ्रे एमालेमा भने भूकम्प गएको छ ।
कहिले काहीँ नाम जुध्दापनि समस्या हुँदो रहेछ । नेकपा एमाले उपभोक्ता एवं सुशासन विभागको सदस्यमा सुनसरीका नेता केपी सापकोटा मनोनित भए । तर, काभ्रे एमालेका केही कार्यकर्ताले काभ्रेकै केपी सापकोटाको फोटोसहित राखेर सामाजिक सञ्जाल रङ्गाए, बधाईको ओइरो लाग्यो । केपीका मान्छे दंग भए तर, काभ्रेकै केही समूहले काभ्रेका केपी सापकोटालाई सुशासन जस्तो बिभागको सदस्यमा मनोनित गरेकोमा फेसबुकबाटै बिरोध जनाए । पक्ष र बिपक्षमा फेसबुकमा दोहोरी चल्यो ।
यतिकैमा फेसबुकमा एक जना पूर्व विद्यार्थी नेताले ‘केपी जति सबै अन्तरघाति हुँदैनन् । पार्टीले उपभोक्ता एवं सुशासन बिभागको सदस्यमा पार्टीलाई नै अन्तरघात गरेको घन्तर घाती केपी सापकोटालाई मनोनित गरेको भनेर पार्टीको लामो पङतिले सामाजिक सञ्जालमा बिरोध जनाएको छ भने केही ब्यक्तिहरूले काभ्रेको केपी सापकोटाको फोटो राखेर बधाई दिएको भेटियो तर पार्टीको उपभोक्ता एवं सुशासन बिभागको सदस्यमा मनोनित सुनसुरीका ईमानदार नेता केपी सापकोटा हुनुभएको छ । सुनसरीका केपी सापकोटालाई बधाई छ । पार्टीमा के भईरहेको छ थाहा नभई हावाको भरमा बधाई दिँदै हिड्नेबाट हामीले के आशा गर्ने’ भनेर लेखेका छन् ।
यो स्टाटस पढेपछि भने काभ्रेका केपी सापकोटाको फोटो राखेर बधाई दिनेहरूको मुखमा बुझो लागेको छ । काभ्रेका केपी सापकोटालाई संविधान सभाको चुनावमा आफ्नै पार्टीको उमेद्वारलाई अन्तरघात गरि हराएको आरोपमा केही समयअघि पार्टीले कारबाही गरेको थियो ।
भर्खरै मात्र केन्द्रीय कमिटीद्धारा महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गठित कार्यदलले नेकपा एमालेका ३२ मध्ये १९ विभागहरुलाई पूर्णता दिएको थियो ।













प्रतिक्रिया