काठमाडौं, १८ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पुनर्निर्माणमा स्वयंसेवक परिचालनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
अहिले केही समयपछि सिंहदरबारमा सुरू हुने बैठकमा समग्र राजनीतिक विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
बैठकमा विशेष गरेर भूकम्पबाट क्षति भएका जिल्लाको पुनर्निर्माणमा दलहरूका तर्फबाट हुने सहयोग एवम् स्वयंसेवक परिचालनमा परामर्श हुनेछ ।
बैठकमा २१ गतेबाट सुरू हुन लागेको संसदका बारेमा छलफल हुने एक नेताले बताए ।












प्रतिक्रिया