३० आश्विन २०८३, शुक्रबार

यौनइच्छा तीब्र भएपछि यसरी हुन्छ प्रतिस्पर्धा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chimpanji Sexलन्डन । बोनोबोन एक साधारण चिम्पान्जीभन्दा सानोखालको वनमान्छे हो । जापानी पशुपन्छी विशेषज्ञ ताकायोसी कानोका अनुसार यो जातको चिम्पान्जी सधैंभरि यौन समागममा व्यस्त हुन्छ ।

यिनीहरुमा असीमित मैथुनच्छा हुन्छ । भाले मात्र होइन, पोथी पनि सधैंभरि गोप्यअंग खेलेर बस्छ ।

एक–अर्कालाई हेर्नेबित्तिकै अंगालो हाल्न पुग्छन् अनि एकले अर्काको यौनांग तालबद्ध र द्रूतगतिले चलाउन थाल्छन् ।

पोथी बोनोबोनले विरोधी समूहसँग भइरहने झगडाबाट तनावमुक्त बनाउने हेतुले पनि यौनांग चलाएर भालेलाई आकर्षण गर्ने गरेको कानोको दाबी छ ।

भाले र पोथीले एक–अर्काको वा आफ्नै यौनांग चलाएर त बस्छ नै, दुईटा भाले विपरीत दिशातर्फ मुख फर्काएर नितम्ब जोडेर पनि यौनेच्छा पूरा गर्छन् ।

अण्डकोष र लिंग पनि चलाउँछन् । पोथीलाई जब यौनेच्छा तीव्र हुन्छ, तिनीहरुले कहिलेकाहीं भालेबीच प्रतियोगिता पनि गराउँछन् । यिनीहरुबीच सामूहिक मैथुनक्रिया पनि हुन्छ । एजेन्सी