१७ कार्तिक २०८३, मंगलबार

प्रेस युनियनका सचिव क्षेत्रीको निधन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surya-kumar-chettraiकाठमाडौँ, १६ वैशाख । प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको निधन भएको छ ।

ब्रेन ट्युमरको उपचार गराइरहेका पत्रकार क्षेत्रीको उपचारका क्रममा विहीबार राति अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको प्रेस युनियनका महासचिव अजयवाबु सिवाकोटीले जानकारी दिए ।

बिहीवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याइएका क्षेत्रीलाई चिकित्सकहरुले उपचारका क्रममा राति सवा ९ बजेतिर मृत घोषित गरेका थिए ।

२०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहेका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि नेपालस्थित अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो । केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो ।

क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन । उनका आमा बुवा स्याङजा बस्दै आएका छन् । क्षेत्रीको शुक्रबार अन्त्येष्टि गरिने महासचिव शिवाकोटीले बताए ।