
भक्तपुर, १६ वैशाख । स्कुल बसको ठक्करबाट भक्तपुरमा १८ महिने बालिकाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चाँगुनारायण नगरपालिका–६ स्थित बाटोमा खेलिरहेको अवस्थामा १८ महिने बालिका किर्तिका कुसथालाई विहीबार बा.१ क ५१०१ नम्वरको नर्थइक स्कुलको बसले ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी हनुमानटार बस्ने कृष्ण कुसथाको १८ महिनाकी छोरी किर्तिकाको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया