– ललित केसी
अछाम, १६ वैशाख । अछामको साँफेबगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
घुघुरकोटवाट साँफेतर्फ आँउदै गरेको से १ त २४ २२ नम्बरको ट्याक्टर साँफेवगर नगरपालिका ५ स्थित साँफे बाजुरा सडक खण्डमा सडकबाट बुढिगंगामा खसेपछि भारत बहराईज नानपारा बस्ने १७ वर्षीय छोटे सोनापतिको घट्नास्थलमै ज्यान गएको हो ।
ट्रली नभएको ट्याक्टरमा ३ जना सवार रहेका मध्ये अन्य २ जना घाईते भएका छन । जसमा भारत बहराईज नानपाराकै १८ वर्षका सिराज अलि र ट्याक्टरका चालक बाँके पुरनैया ४ बस्ने ३२ वर्षिया नप्पु गोडिया रहेका छन । अलिको टाउकोमा चोट लागेको छ भने चालक गोडियाको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते दुबैजनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका संचार फाँटका सई उत्तम प्रसाद अवस्थीले जाँनकारी दिनुभयो ।
सडकवाट करिव १०० फिट तल बुढिगंगा नदीमा खसेको ट्याक्टर दुर्घटनाको कारण भने खुल्न नसकेको र त्यसवारे थप अनुसन्धान भईरहेको उहाँले जाँनकारी दिनुभयो ।













प्रतिक्रिया