डोटी, १६ बैशाख । डोटीमा एक व्यक्तिले आफैतिर बन्दुक प्रहार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिमचौर–६ बस्ने ३८ बर्षीय यज्ञ सिंह धामीले बुधबार आफ्नै छातीमा भरुवा बन्दुक पड्काउदा घाइते भएका हुन् । २ वटा छर्रा लागेर घाइते धामीको एउटा करङ पनि भाँचिएको छ ।
उनलाई उपचारको लागि सिटी पोलिक्लिनिक चटकपुर धनगढीमा लगिएको छ ।
उक्त भरुवा बन्दुक प्रहरीले बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया