काठमाडौँ, १६ बैशाख । राजधानीको महाराजगञ्जमा हतियार, ड्रग्स र पैसा बोकेर हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–४ महाराजगंज गणेश बस्ती डेरा गरी बस्ने लम्जुङ मालिङटार–४ घर भएका २७ बर्षीय बिवेक गुरूङलाई प्रहरीले १ थान कटुवा पेस्तोल, सोको गोली ३ राउण्ड, नगद २ लाख ६१ हजार रुपैयाँ, लागू औषध डाईजेपाम २५ थान, फेनारगन २५ थान र नुरफिन २५ थानसहित पक्राउ गरेको हो ।
गुरुङले डेरा कोठामा अवैध रूपमा हातहतियार तथा लागू औषध लुकाईछिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त महाराजगंजबाट बुधबार खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा उक्त हतियार, नगद र लागू औषध बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया