२५ कार्तिक २०८३, बुधबार

माओवादीहरु अब एक हुनुपर्छः सिँचाईमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rolpa

रोल्पा, १६ वैशाख । सिँचाइ मन्त्री एवं एमाओवादीका केन्द्रीय सदस्य उमेशकुमार यादवले अलग अलग रहेका माओवादीहरु एकीकृत हुनुको विकल्प नरहेको बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार संघ रोल्पाले आज (विहिवार) विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री यादवले भन्नुभयो, ‘बाँकी कार्यभार पूरा गर्न पनि माओवादी मिल्नुको विकल्प छैन । तत्कालिन अवस्थामा समयको माग अनुसार सविधान निर्माण भयो तर त्यो पूर्ण नभएका कारणले सविधानलाई पूर्णता दिनका लागि अलग अलग रहेका माओवादीहरु मिल्नुपर्छ ।’

सविधान निर्माणपछि त्यसको कार्यान्वयनमा थुप्रै चुनौतिहरु छन्, र ती चुनौतिहरुबाट मुक्ति दिने काम माओवादीबाट मात्र सम्भव भएकाले माओवादीहरु एकीकृत हुने कुरामा आफूलाई विश्वास लागेको उहाँले बताउनुभयो ।

मधेशमा विभेद छ, त्यसका लागि संघर्ष पनि भइरहेको छ तर विभेदको विरुद्ध भइरहेको संघर्षको अगुवाई कस्ता कस्ता व्यक्तिले गरिरहेका छन् त्यो पनि हेर्नुपर्ने बताउँदै उहाँले विभेद विरुद्धको आन्दोलन माओवादीले नै नेतृत्व गर्दै आएको थियो र आउने दिनमा माओवादीले नै गर्ने उहाँले दावी गर्नुभयो ।

नेपालको परिवर्तनमा रोल्पालीले दिएको योगदान सदा स्मरणीय रहने बताउँदै मन्त्री यादवले रोल्पालीहरुको योगदान खेर नजाने धारणा राख्नुभयो । काठमाडौले रोल्पालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउँदै उहाँले रोल्पा, डोल्पा, बाजुरा, बाझागं जस्ता जिल्लालाई सरकारले विशेष रुपमा हेर्नुपर्ने बताउनुभयो । आज नेपाली जनताले जुन परिवर्तनको अनुभूति गरिरहेका छन् त्यसमा रोल्पाली जनताको मुख्य योदान रहेको स्मरण गर्दै उहाँले आफ्नो मन्त्रालय अन्तरगर्तबाट हुने कामहरुमा कुनै ढिलाई र लापरवाही नहुने पनि प्रतिवद्धता जनाउनु भयो ।

थवाङ्गमा सिचाईका लागि १ करोड १५ लाख रुपियाँ विनियोजन गरेको जानकारी गराउँदै माडीचौर नदी नियन्त्रणका लागि ५० लाख छुट्याइएको छ र यही एक दुई हप्तामा काम पनि शुरु हुने बताउनुभयो । फगाममा नदी नियन्त्रण कार्यक्रम पनि प्राथमिकतामा राखेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले सिँचाइ विकास डिभिजन कार्यालय तथा सिँचाई मातहतका कार्यालयले गर्ने कामका लागि स्थानीयलाई जानकारी दिनका लागि स्थानीय भाषामा सुचना दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन पनि दिनुभयो । कार्यक्रमको बारेमा विज्ञापनमार्फत सूचना स्प्रेशन गर्न उहाँले निर्देशन दिनुभयो । सरकारी कार्यालयले दिने सुविधाको बारेमा स्थानीय जनतालाई जानकारी नभएका कारणले मन्त्री यादवले सूचनामा विशेष जोड दिनुभएको हो ।

रोल्पामा ३१ हजार चार हेक्टर खेती योग्य जमिन रहेपनि चार हजारमा मात्र सिँचाई पुगिरहेको छ । सो कार्यक्रमपछि मन्त्री यादवले कोट गाउँमा सिँचाइका लागि एक्सटेशन मर्मत गर्नुपर्ने त्यसलाई अवलोकन गर्नुभयो र मर्मत गर्नका लागि डिभिजन प्रमुखलाई निर्देशन पनि दिनुभयो । त्यस्तै माडी खोला नियन्त्रण गर्ने ठाउँको अवलोकन गरी त्यसलाई पनि समयमा पूरा गर्न निर्देशन दिनुभयो । माडीखोला नियन्त्रण भयो भने त्यही छेउमा रहेको खेलमैदान सुरक्षित हुनेछ । यो योजना सभामुख ओन्सारी घर्तीमगर र एमाओवादी नेता वर्षमान पुनको विशेष पहलमा आएको हो ।

मन्त्री यादवले बालकल्याण उच्च माध्यमिक विद्यालय, लिवाङका सुस्त श्रवण भएका विद्यार्थीको सहयोगका लागि १० हजार रुपियाँ सहयोग प्रदान गर्नुभयो ।