१७ कार्तिक २०८३, मंगलबार

बैतडीमा नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

बैतडी, १६ वैशाख बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन् ।

मृतक सोही गाविस–९ की १५ वर्षीया माधवी जोशी र १५ वर्षीया राधिका जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले बताए ।

कटौजपानी–९ पाटागाउँमा बुधबार दिउँसो ३ बजे खोलामा नुहाउन गएका किशोरी बेपत्ता भएको धेरै समयपछि पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ः३० बजे मृत अवस्थामा भेटिएका थिए ।

शवपरीक्षणका लागि बिहिबार बिहान जिल्ला अस्पताल बैतडीमा लगिएको छ । रासस