– अनिल खत्री
गुल्मी, १६ वैशाख । गुल्मीको पौंदिअमराई ५ मा आगलागी हुँदा एउटा घरसहित ५ गोठ जलेर नष्ट भएको छ ।
बुधवार दिउँसो साढे चार बजेतिरवाट जंगलमा फैलिएको आगो बस्तीमा पुग्दा स्थानीय वमवहादुर थापाको घर र दुई गोठ, चन्द्रवहादुर थापाको १ गोठ र सोमवहादुर रानाको २ गोठ जलेर नष्ट भएको स्थानीय शिक्षक नारायण थापाले जानकारी दिनुभएको छ ।
आगो नियन्त्रणमा लिनको लागि प्रहरी, स्थानीयवासिन्दा जुटिरहेका छन् । तर, हावा चलिरहेको र पानीको अभावको कारण कठिन भएको बताइएको छ ।
आगो बस्तीमा समेत फैलिन सक्ने हुनाले नजिकका बस्तीहरुमा सजकता अपनाउन अनुरोध गरिएको छ । आगोले वार्ड नं. ५ मा रहेको निजी वन जलेर सखाप भएको स्थानीय शिक्षक वालकृष्ण भट्टराईले जानकारी दिनुभएको छ ।
गर्मी मौसम वढेसंगै गुल्मीका अधिकांस जंगलहरुमा आगलागी भइरहेको छ । गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार हेक्टरभन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो ।












प्रतिक्रिया