२५ कार्तिक २०८३, बुधबार

प्यूठानमा भीषण आगलागी, दश घर जलेर नष्ट (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, १६ वैशाख । प्यूठान जिल्लामा दुई अलग–अलग स्थानमा भएका आगलागीबाट १० घर जलेर नष्ट भएका छन् ।

प्यूठान नगरपालिका–१६ आँपडाँडामा बुधबार लागेको आगोबाट दश घर जलेका हुन् । आगलागीबाट थुप्रै गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिने क्रममा ३ जना स्थानीय घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

सुख्खा मौसमका कारण घरमा आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको कुरुम्बाङले बताउनुभयो । (तस्बिर सौजन्य कमल गिरी)

Pyutha ko aago Pyuthan ko aago 1 Pyuthan ko aago 2