काठमाडौँ, १८ साउन । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा वार्ता सुरु भएको छ ।
अहिले वान टु वान वार्ता भइरहेको र केही बेरमै दुवै देशका प्रधानमन्त्री सहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीचमा सिंहदरबारको क्याबिनेट हलमा आपसी हितका सम्बन्धमा द्विपक्षीय वार्ता हुनेछ ।
उच्चस्तरीय प्रतिनिधि मण्डलको वार्तामा सहमति जुटेका विषयमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको बैठक कक्षमा सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
विद्युत व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकास सम्झौता (पीडीए) भने नहुने भएको छ ।














प्रतिक्रिया