१७ कार्तिक २०८३, मंगलबार

कन्याहरूका लागि सिंह र राजदूत रेको यस्तो गतिलो कार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman Singh & Ranji Rayकाठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले काठमाडौंको डिल्लीबजारस्थित पद्म कन्या स्कुलमा मंगलादेवी सिंह मेमोरियल महिला छात्राबासको शिलान्यास गरेका छन् ।

डिल्लीबराजमा आज भएको विशेष कार्यक्रममा नेता सिंह र राजदूत रेले संयुक्त रुपमा छात्राबासको शिलान्याश गरेका हुन् । भारत सरकारको सहयोगमा ३ करोड ७० लाख रुपैयाँ सहयोगमा छात्राबास बन्न लागेको हो ।

३९ कोठाको चार तलाको सो छात्राबास १५ महिनाभित्र निर्माण सम्पन गरिसक्ने लक्ष्य रहेको छ ।

जिल्ला विकास समिति काठमाडौंले छात्राबास निर्माणको भौतिक तथा प्रशासनिक कार्यको सम्पूर्ण जिम्मेवारी लिएको कांग्रेस नेता सिंहका सहयोगी एवम् नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।