काठमाडौँ, १८ साउन । दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिनु भएको छ ।
उहाँले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमै कोइरालाको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।
मोदीको जिज्ञासामा कोइरालाले पनि आफू पूर्ण स्वास्थ्य रहेको जानकारी गराउनु भएको थियो ।
कोइरालाले प्रतिक्रिया स्वरुपम मोदीलाई स्वागत गर्न पाँउदा आफू निक्कै हर्षित भएको बताउनु भएको थियो ।
कोइरालाले यो भ्रमणले नेपाल भारतबीचको पुरानो सम्बन्धलाई अझै प्रगाढ बनाएकोसमेत विश्वास व्यक्त गर्नु भएको थियो ।














प्रतिक्रिया