१७ कार्तिक २०८३, मंगलबार

एमाले डोटी ईलाका ३ को अध्यक्षमा उपाध्याय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo– झलक पाली
डोटी, १५ वैशाख । नेकपा एमाले ईलाका नं. ३ डोटीको अध्यक्षमा  ध्रुवराज उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

ईलाका नं. ३ को डौड गाविसमा सम्पन्न अधिवेशनबाट उपाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा पदमबहादुर सिंह, सचिवमा कृष्ण ओली र उप–सचिवमा रमेश रोकाया रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कल्पना नागरी, श्रृजना डुम्रेल, काली पार्की, हर्क बहादुर सिंह, भिम बहादुर पुजारा, करि साउँद र गोपाल भुल पनि सर्वसम्मत चयन भएको एमाले डोटीले जनाएको छ ।

उक्त ईलाका ईन्चार्ज एवं एमाले जिल्ला कमिटी सदस्य धनबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल प्रमूख अतिथी रहेका थिए ।

कार्यक्रममा पूर्व सभाषद हर्क बहादुर सिंह, एमाले डोटीका उपाध्यक्ष दुर्गादत्त ओझा, उप-सचिव मञ्जु मलासी, जिल्ला कमिटि सचिवालय सदस्य खगेन्द्र नेपाली, सिता विक, बिस्ना सिंह लगाएतको सहभागिता रहेको एमाले युवा नेता धनबहादुर नेपालीले जानकारी दिए ।