१ कार्तिक २०८३, शनिबार

पुणेद्वारा हैदराबाद ३४ रनले पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IPLमुम्बई, १५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुणे सुपरजाइन्ट्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा राइजिङ पुणेले हैदरावादलाई डकवर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो ।

हैदरावादले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय १८ रनको लक्ष्य राइजिङ पुणेसामू प्रस्तुत गरेको थियो ।

जवाफी व्याटिङ थालेको राइजिङ पुणेले ११ आभेरको समाप्तीमा ३ विकेट गुमाएर ९४ रन बनाएका बेला खेल वर्षाका कारण प्रभावित भएपछि खेल डकवर्थ लुइस नियमका आधारमा निर्णय लिइएको थिहो ।

डकवर्थ लुइस नियमका आधारमा पुणेलाई जितका लागि ११ ओभरमा ६० रन जोड्नु पर्ने थियो, उसले ११ ओभरको समाप्तीमा ९४ रन जोडिसकेको थियो । त्यसैले राइजिङ पुणे ३४ रनले विजयी भयो ।

पुणेका स्मिथले नटआउट ४६ तथा फाप डु प्लेसिसले ३० रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी ५ रनमै पभिलियन फर्किएका थिए । अजिन्का रहाने भने सून्य रनमै पभिलियन फर्किएका थिए ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको हैदरावादले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । उसका लागि शिखर धवनले ५६, भुवनेश्वर कुमारले २१, नमन ओझाले १८ जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

हैदरावाद ६ खेलमा तीनमा विजयी र तीनमा पराजित हुँदै ६ अंकसहित चौंथो स्थानमा भने राइजिङ पुणे ६ खेलमा २ मा मात्रै जित निकाल्न सफल भएको छ । राइजिङ पुणे चार अंकका साथ छैठौ स्थानमा छ ।