काठमाडौं, १५ वैशाख । संविधान पुनर्लेखनको माग गर्दै आन्दोलनरत संघीय गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदैछन् ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूमार्फत गठबन्धनमा आबद्ध दलका स्थानीय नेताहरूले सरकारलाई ज्ञापनपत्र बुझाइनेछ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइने ज्ञापनपत्रको भाषा सबैको एकैप्रकारको रहेको छ ।
ज्ञापनपत्रमा २६ बुँदे आफ्नो पुरानै अबधारणालाई राखिएको सुमनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ज्ञापनपत्रको भाषा एकैप्रकारको छ । सबै जिल्लाहरूमा गठबन्धनका जिल्ला नेता र साथीहरूले बुझाउनु हुनेछ ।’












प्रतिक्रिया