२५ कार्तिक २०८३, बुधबार

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, १५ वैशाख । पत्नी आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली जानु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किदै हुनुहुन्छ ।

देउवा अपरान्ह साढे तीन बजे जेट एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको देउवाको निजी सचिवालयले जनाएको छ ।

देउवा पत्नी आरजुको उपचारका लागि भन्दै गत वैशाख ६ गते भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । देउवा पत्नी आरजुको हरियाणास्थित फोट्जि अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरिएको छ ।

आरजु भने फलोअपका लागि अझै तीनसाता दिल्लीमै रहनु हुनेछ । भारतमा रहँदा देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराजबाहेक अन्य राजनीतिक भेटघाट भने नगरेको स्रोतको दाबी छ ।