३० आश्विन २०८३, शुक्रबार

बैतडीका ब्रेन ट्यूमर पीडित बालकलाई यूएईबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rog1– मान बहादुर केसी

यूएई । आपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्रपंतिमा रहने सुदूरपश्चिम सेवा समाज यूएईले ब्रेन ट्यूमर रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ ।

बैतडी जिल्ला तल्लो स्वराड उदयदेब ९ का बुवा बलबीर सिह ठकुराठी र आमा कहुरादेबी ठकुराठी का १५ वर्षीय छोरा पुष्कर सिह ठकुराठीको उपचारका लागि एक लाख एकचालीस हजार पाच सय साठी रुपैया आर्थिक सहयोग गरेको हो ।

आर्थिक अवस्था एकदमै कमजोर भएका ठकुराठी गत १ वर्षदेखि टाउको दुख्ने बिरामले ग्रस्त भएपछि गाउमै जडिबुटी र धामी झाँक्रीबाट उपचार गराउदा सन्चो नभएर दिन प्रतिदिन स्थिती बिग्रदै जादा तीन महिना पहिले भारतको उत्तर प्रदेश बरेलीमा डाक्टरलाई चेकजाच गराउदा ब्रेन ट्यूमर रोगको लक्षण देखा परेको थियो ।

डाक्टरले जति सक्दो छिटो उपचार गराउनु पर्ने र उपचारका लागि करिब ३ लाख रुपैयाँ खर्च जुटाउनु सल्लाह दिएका थिए ।

बिदामा घर गएका बेला सुदूरपश्चिम सेवा समाज यूएईका केन्द्रीय सदस्य मोहन सिंह ठकुराठीले बिरामीको बारेमा सुनेर आँफै प्रत्यक्ष भेटेर हालखबर बुझी सकिदो सहयोग जुटाउने अठोट गरेर यूएई फर्केपछि सहयोगका लागि अपील गरेका थिए ।

सुदूरपश्चिम सेवा समाज यूएईका पदधिकारीहरुको बिशेष सकृयतामा र मोहन सिंह ठकुराठीको मेहनतबाट सो आर्थिक सहयोग रकम जुटेको थियो ।

उक्त सहयोग रकम पीडितका बुबाको नाममा आईएमई गरिएर पठाईएको मोहन सिंह ठकुराठीले जानकारी दिएका छन् । ठकुराठीले सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आउदा दिनमा पनि दुःखी पीडितहरुलाई सकिदो सहयोगार्थ कार्यलाई निरन्तरता दिइरहने बताएका छन् ।