– विजय थापा
वाशिंगटन डिसी । गत वर्ष अप्रिल २५, २०१५ मा नेपालमा गएको प्रलयकारी भूकम्पले सबैभन्दा ज्यादा तहस नहस गोर्खा जिल्लाको बारपाकमा बिधुत पुनर्स्थापना गरेको छ ।
अप्रिल २५, २०१६ तारिख कै दिन अमेरिकाको राजधानी डिसीमा गैर मुनाफा सामाजिक संस्थाको रुपमा उदाहरणीय काम गर्दै आएको गोर्खाली फाउन्डेसनले भूकम्प गएको ठीक एक वर्ष भएको मितिमा बारपाकमा बत्ति जडान गरी २४ सै घण्टा झिलीमिली बनाई दिएको हो ।
नेपालको राजधानी काठमाडौंबाट १७० किलोमिटर टाढा रहेको विनाशकारी भूकम्पको केन्द्रविन्दुले थालिएको बारपाकका जनताले २४ सै घण्टा उज्यालो देख्न पाउने भएका छन् । भूकम्पले बारपाकमा ७४ जनाको ज्यान गएको थियो ।
गोर्खाली फाउन्डेसनले बीरबहादुर घले, अशोका फेलो तथा उर्जा ब्यबसायीको सहकार्यमा सफलतापूर्वक सुक्ष्म जल बिधुतको स्थापना गरेको जनाएको छ ।
गोर्खा फाउनडेसनका जनसम्पर्क तथा संचार निर्देशक निराकार उप्रेतीले छापा बिज्ञप्तिमार्फत १ वर्षभित्र भूकम्पले थिलथिलो बनाएको बारपाकमा २४ सै घण्टा बिद्युत आपूर्ति गर्न सकेकोमा फाउनडेसनले खुसी व्यक्त गरेको जनाएका छन् ।
यो परियोजनाको लागि नेसनल जियोग्राफिक ग्रेट इनर्जी च्यालेन्जले आर्थिक लगानी गरेको थियो । गोर्खाली फाउनडेसनले ७० हजार अमेरिकन डलरको बिजयी बन्दै बारपाकको उर्जा पुनर्स्थापना सफलतापूर्वक सम्पन्न गरेको छ ।
गोर्खाली फाउनडेसनले चन्दा दाता, स्वयम् सेवक तथा संचारमाध्यमलाई नियमित समर्थन र सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेको छ ।
यति मात्रमा आफूलाई सीमित नराखी आगामी दिनमा बारपाकको लागि एम्बुलेन्स किन्ने बारेमा प्रक्रिया सुरु गरीसकेको, बिद्यालय निर्माण गर्न सहयात्रीको खोजमा रहेको तथा अन्य थुप्रै काम गर्ने योजना रहेको उप्रेतीले जनाएका छन् ।















प्रतिक्रिया