१७ कार्तिक २०८३, मंगलबार

रोल्पाका गाविस सचिवहरुलाई गाउँ पठाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rolpa District– जीवन डाँगी

रोल्पा, १५ वैशाख । सदरमुकामबाट सञ्चालन भइरहेका रोल्पा जिल्लाका गाविस कार्यालयहरू गाउँ पठाइने भएको छ ।

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा गाउँ जिल्ला सदरमुकामबाट सञ्चालन भएका गाविसका कार्यालयहरू अझैपनि सदरमुकाममा नै रहेकोभन्दै गाविस सचिवहरूलाई गाउँमा गएर सेवा दिन निर्देशन दिइने स्थानीय विकास अधिकारी सुशील वैद्यले बताउनुभएको छ ।

जिल्लाका सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । गाविसका कार्यालयहरु झोलाबाट सञ्चालन गर्न नहुने उहाँले बताउनुभयो ।

स्थानीय सरकारको रुपमा गाविसको कार्यालय भएको भन्दै जनतालाई सरकारको पहुँचमा जोड्नको लागि गाविस सचिवहरु गाउँ बस्नै पर्ने उहाँले बताउनुभयो ।

त्यस्तै एलडीओ वैद्यले कर्मचारीहरुले राजनीति गर्न नहुने समेत धारणा राख्नुभयो । विचार–आस्था जहाँ भएपनि कार्यालयको काम गर्दा सबै एक भएर काम गर्नुपर्ने उहाँको भनाई थियो । एलडीओ वैद्य सोमबारदेखी रोल्पामा हाजिर हुनुभएको हो ।