– अभिषेक उप्रेती
क्यानबेरा । अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेराले अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपालको औपचारिक बिदाइ गरेको छ ।
अष्ट्रेलियामा चार वर्ष रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा एक विशेष समारोहबीच सांगीतिक कार्यक्रमसँगै रात्रीभोज आयोजना गरेर नेपालको औपचारिक बिदाइ गरेको हो ।
रुद्रकुमार नेपाल सन् २०१२ को मे महिनामा नेपालको तर्फबाट अष्ट्रेलियाको लागि रादूत नियुक्त भएका थिए । राजूदतको जिम्मेवारी सम्हालेदेखि नै नेपालले अष्ट्रेलिया र नेपालबीचको कुटनैतिक सम्बन्ध बिस्तारका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
अष्ट्रेलियामा रहेका नेपाली समुदाय एनआरएन अष्ट्रेलियनसँग समन्वय गर्दै हरेक नेपालीको सुख दुःखमा साथ दिदै आउनुभएका नेपालले अष्ट्रेलियाामा पढ्न आएका नेपाली बिद्यार्थीहरुको समस्यालाई पहिलो प्राथमिकता दिदै आउनुभएको थियो ।
नेपाली बिद्यार्थीहरुको समस्या हलका लागि अष्ट्रेलियको फिडरल सरकारसँग समन्वय गर्दै विशेष पहल उहाँले गर्नुभएको थियो ।
नेपाल सरकारले जारी गरेको एमआरपी अर्थात मेसीन रिडेवल पासपोर्टको व्यवस्थालाई लागू गराउन राजदूत नेपालले एनआरएन अष्ट्रेलियन समुदायसँग परामर्श र भेट गर्दै भूमिका निर्वाह गर्नुभयो ।
हरेक पासपोर्ट होल्डरको नाम अनलाइनमा राख्ने र त्यसको प्रोसेसलाई ट्रायक गर्ने कामलाई सरल सहज तवरबाट अगाडी बढाउदै नेपालीबीचको सम्बन्धलाई प्रगाढ बनाउदै लगेका नेपालको कामको सबैतिरबाट प्रशंसा गरिएको थियो ।















प्रतिक्रिया