
बर्दिया, १५ वैशाख । बर्दिया जिल्लामा परीक्षामा फेल भएको भन्दै किशोरीले विष सेवन गरेर ज्यान दिएकी छिन् ।
कालीकोट जिल्ला मेहलमुडी–२ घर भई हाल बर्दिया वासगढी नपा–३ वनमुडुवास्थित दिदीभिनाजुको घरमा बसी श्री जनता उच्च मावि, वेलवा कक्षा ८ मा पढ्ने १५ वर्षीया सन्तोषी योगी बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेकी थिइन् ।
सन्तोषीलाई उनकी दिदीले कोठा खोली हेर्दा मृत अवस्थामा फेला परेकी हुन् ।
परीक्षामा फेल भएकोमा चिन्ता जनाउँदै सन्तोषीले सेल्फस् नाम विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।












प्रतिक्रिया