काठमाडौं, १४ वैशाख । आफ्नै पार्टीका मन्त्रीले जिम्मा लिएको शिक्षा मन्त्रालयलाई चुनौति दिँदै एमाओवादी निकट अखिल क्रान्तिकारीले विद्यालय भर्ना सुधार अभियानको घोषणा गरेको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुँदा दर्ता र अनुमतिविना कक्षा भर्ना गर्ने निजी विद्यालयविरुद्ध भर्ना सुधार अभियान क्रान्तिकारीले गर्न लागेको हो ।
क्रान्तिकारीका सचिव मदन चुडालले मंगलबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी क्रान्तिकारीको यो अभियान सुनसरीबाट सुरु गर्ने घोषणा गरेका छन् । दर्ता विना चलाउने, स्विकृती भन्दा माथी कक्षा सञ्चालन गर्ने, बढि शुल्क लिने र विद्यालय हाता भित्रैबाट शैक्षिक सामाग्री विक्री गर्ने विद्यालयलाई अभियान अन्तर्गत तालाबन्दिसम्मको कारवाही गरिने चुडालले बताए । उनले यो अभियान अघि नै शिक्षा मन्त्रालयले कदम चाले मान्य हुनसक्ने तर वेथिति बढे चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन् ।
क्रान्तिकारीका केन्द्रिय सचिव मदन चुँडालले नियमनकारी निकायले आँखा चिम्लिएका कारण निजी विद्यालयले मनोमानि गर्न पाएको बताए । चुडालले मन्त्रालयको निर्देशिकाको नै विभिन्न जिल्लामा खिल्लि उडेको बताए । सोहि अनुरुप सुनसरीको इटहरी ५ मा रहेको बेविलोन एकेडेमिले ८ कक्षा सम्मको अनुमती लिएर ९ कक्षामा विद्यार्थी भर्ना लिएको भन्दै क्रान्तिकारीले प्रशासन कक्षमा तालाबन्दि गरेको थियो ।













प्रतिक्रिया